अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर १ चिदिकाका सुभाष ज्ञवाली जागिरका साथै सामाजिक काममा व्यस्त रहेका छन् ।
चिदिकाका ज्ञवाली काठमाडौंमा पर्यटन क्षेत्रमा जागिरका साथै सामाजिक काममा व्यस्त रहेका हुन् ।
उनले अर्घाखाँचीका गरिव विपन्न परिवारहरुलाई सहयोगको लागि दिनरात लागीपरेका देखिन्छन् । साथै गाउँमा कसैको घरगोठ तथा भौतिक सम्पति क्षति हुँदा होस् वा गाउँमा कोरोनाको उच्च जोखिम हुँदा स्वास्थ सामाग्री पठाउदै आएका छन् ।
काठमाण्डु रहेर पनि हरेक विशम परिस्थितिमा गाउँ फर्किन चाहने ब्यक्तिहरुलाई समन्वय र सहजीकरण गर्ने वा कोहि बिरामी भएर अस्पताल भर्ना हुँदा समेत आफै अस्पताल पुगेर सान्त्वना दिने तथा आवश्यकता अनुसारको सहयोग गरि रहेका देखिन्छ ।
पछिल्लो समय आफ्नो जिल्लाका विभिन्न बिरामीहरुको लागि पनि चिदिका विपद ब्यबस्थापन नामक कोष खडा गरि विभिन्न मनकारी ब्यक्तित्वहरुद्वारा संकलित भएको रकम विपन्न परिवारहरुलाई हात हातमा पुर्याउदा आफुलाई मानव हुनुको सार्थकता महसुस गरेको बताउन्छन् ।
उता पछिल्लो समय छत्रदेव गाउँपालिका जन्मघर भइ चन्द मावी चिदिकामा अध्ययनरत पुर्व विद्यार्थी अम्बिका भुसालको छोराको दुबै मृगौला फेल भई लामो समयदेखि काठमाडौंमा उपचाररत बिरामी हिमाल भण्डारी बचाउ अभियानमा समेत लागिरहेका छन् । निज बिरामीको उपचारमा थप रकम आवश्यक पर्ने भएकोले सिदै आफुलाई ९८५७०३७१४२मा सम्पर्क गरेर पनि जोडीन सकिने बताइएको छ ।
सहयोग गरेको प्रचार प्रसार गर्न मन नपराउने ज्ञवालीले विहान, साँझ विदाको दिन प्राय विपन्न परिवारहरुको सेवामा लागिपरेका हुन्छन् । भने अर्घाखाँचीको कुनै पनि व्यक्तिलाई समस्या पर्दा काठमाडौंमा सहयोग गर्न कुनै कसर राख्दैनन् ।
सुभाष ज्ञवाली भन्छन्; गरिव विपन्न परिवारहरुलाई सेवा गरे धर्म त्यही मिल्छ, देवता पुजा गर्न मन्दिर जानु पर्दैन ।