सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ६५२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३०४ जना, भूमिकास्थान नगरपालिकामा १०५, शितगंगा नगरपालिकामा ५०, मालारानी गाउँपालिकामा ८७, पाणिनी गाउँपालिकामा ९२ र छत्रदेव गाउँपालिकामा १४ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ३५५१ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १५४० जना, भूमिकास्थान नगरपालिकामा ६४५ जना, शितगंगा नगरपालिकामा ३९६ जना, मालारानी गाउँपालिकामा ३६९ जना, पाणिनी गाउँपालिकामा ३२९ जना र छत्रदेव गाउँपालिकामा २७२ जना संक्रमित रहेका छन् ।
साथै जिल्लामा गत वर्षदेखि आजसम्म २८२५ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा १२१३ जना, भूमिकास्थान नगरपालिकामा ५२५ जना, शितगंगा नगरपालिकामा ३३४ जना, मालारानी गाउँपालिकामा २६९ जना, पाणिनी गाउँपालिकामा २२९ जना र छत्रदेव गाउँपालिकामा २५५ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ७४ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २३ जना, भूमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १२, मालारानी गाउँपालिकामा १३, पाणिनी गाउँपालिकामा ८ र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।