सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ४२२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८६ जना, भूमिकास्थान नगरपालिकामा ६९ जना, शितगंगा नगरपालिकामा १२ जना, मालारानी गाउँपालिकामा ११८, पाणिनी गाउँपालिकामा २८ र छत्रदेव गाउँपालिकामा ९ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४०३९ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १७६८ जना, भूमिकास्थान नगरपालिकामा ७१३ जना, शितगंगा नगरपालिकामा ४१८ जना, मालारानी गाउँपालिकामा ४९२ जना, पाणिनी गाउँपालिकामा ३६३ जना र छत्रदेव गाउँपालिकामा २८५ जना संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ८५ जनाले कोरोना जितेका छन् । साथै जिल्लामा गत वर्षदेखि आजसम्म ३५३७ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा १५५६ जना, भूमिकास्थान नगरपालिकामा ६२९ जना, शितगंगा नगरपालिकामा ३९३ जना, मालारानी गाउँपालिकामा ३६० जना, पाणिनी गाउँपालिकामा ३२६ जना र छत्रदेव गाउँपालिकामा २७३ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८० जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २६ जना, भूमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३, मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा ९ र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।