साेध (कबिता / गजल )


रबि पाडेल, पाण्डेचरी ।
गुन्द्रि बाट कार्पेट मा पुग्ने लाई के थाहा 
साेध त्यहाँ पुर्याउने लाई ? 
चुहिने धुरि काे तिराे उठाएर खाने लाई के थाहा
साेध भिजेको शरीर लाई ?
ठुला महलमा बस्नेलाई के थाहा 
साेध स्याउले महलकाे गरिव लाई 
राजस्व उठाएर खाने लाई के थाहा 
साेध राजस्व तिर्ने लाई 
फ्रिमा उपचार गराउने लाई के थाहा
साेध उपचार नपाउने लाई 
नेता काे मान्छे भनी ठाउँ पाउने लाई के थाहा 
साेध मेहेनति बिध्यार्थि लाई 
शक्ति ,स्वार्थ मा रमाउने लाई के थाहा 
साेध निर्वल र निमुखा लाई 
तारे हाेटल मा खाने लाई के थाहा 
साेध सडकपेटि का भाेका पेट लाई ।