अर्घाखाँचीमा आज आईतबार ७० जनाले कोरोना जिते, ५ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३५७ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १६८  जना, भूमिकास्थान नगरपालिकामा ५४ जना,  शितगंगा नगरपालिकामा १२ जना,  मालारानी गाउँपालिकामा ९१,     पाणिनी गाउँपालिकामा २४   र छत्रदेव गाउँपालिकामा ८ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४०४४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १७७२  जना, भूमिकास्थान नगरपालिकामा ७१३ जना,     शितगंगा नगरपालिकामा ४१८ जना,       मालारानी गाउँपालिकामा ४९३ जना,  पाणिनी गाउँपालिकामा ३६३  जना  र छत्रदेव गाउँपालिकामा २८५ जना संक्रमित रहेका छन् ।   
पछिल्लो २४ घण्टामा ७० जनाले कोरोना जितेका छन् । साथै जिल्लामा गत वर्षदेखि आजसम्म  ३६०७ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १५७८ जना, भूमिकास्थान नगरपालिकामा ६४४ जना,  शितगंगा नगरपालिकामा ३९३ जना,   मालारानी गाउँपालिकामा ३८८ जना,    पाणिनी गाउँपालिकामा ३३० जना   र छत्रदेव गाउँपालिकामा २७४  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८० जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २६  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा ९   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।

आईतबारको कोरोना विवरण यस्तो छ: 

अन्य समाचारहरु