अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा (एमाले) को १० बुँदे सहमति कार्यान्वयन गर्न सहमत भएको छ ।
१० बुँदे सुझाव कार्यान्वयन गर्न लुम्विनी प्रदेश संगठन कमिटीको बैठकले अर्घाखाँचीमा एमाले जिल्ला कमिटी अध्यक्षमा चेतनारायण आचार्यलाई चयन गरेकाे हो । यस्तै उपाध्यक्षमा जिवनारायण कोइराला, सचिव तोजवहादुर रायमाझी र उपसचिवमा प्रेम नारायण गैरेलाई चयन गरेकाे छ ।
माओवादी केन्द्रबाट आएका तोजवहादुर रायमाझीलाई सचिव पदमा चयन गरिएको छ । उक्त सचिव पदमा यस अगाडि नयाँ पार्टी नेकपा (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष राम बहादुर चौहान रहेका थिए ।
साथै जिल्लामा १० वुँदे रचनात्मक रुपमा कार्यान्वयन गर्ने गरी कमिटीलाई पूर्णता दिईने बताइएको छ ।
उपसचिव प्रेम नारायण गैरे, जीव नारायण कोइराला एमालेको ‘तेस्रो धार’ मा रहेका थिए । उनिहरुले १० बुदे सहमतिमा जोड दिएका थिए ।