
ç
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सक्रिय राजनीति गर्दै आएका नेपाली कांग्रेसका युवा नेता हेमन्त बेल्बासेले आसन्न १४ औं अधिबेशनमा अर्घाखाँची प्रदेश सभा क्षेत्र ख बाट क्षेत्रीय सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
काङ्ग्रेसका युवानेता बेल्बासे प्रदेश ख मा मात्र नभएर जिल्ला भर लोकप्रिय रहदै आएका छन् । जिल्लामा रहेर पूरा जीवन काङ्ग्रेसको राजनितिमा समर्पित गर्दै आएका उनी पार्टीका हरेक क्रियाकलापमा सक्रियतापुर्वक अगाडि सर्दै आएका छन् ।
आफुले नेतृत्व गर्दै अर्घाखाँची प्रदेश ख को काङ्ग्रेसलाई अझ सशक्त र मजवुत बनाउदै लैजाने प्रतिबद्धता सहित आफुलाई जिताउन सबैमा अपिल गरेका छन् ।