सतर्कता अपनाऔ (कविता)

 पारस भट्टराई
भुमिकास्थान नगरपालिका- ९ ढिकुरा
आमाबाबुले सधै छोरा छोरीको भलो।
कोरोनाले बिधालयलाई बनाउदै छ थलो।
बिधार्थी बिरामी पर्दैछन् बिधालय खोलि।
तल माथि पर्यो भनेको जिम्बेवार छ भोलि।
अनाबश्यक समाचारमा कहिल्यै नपरौं भर।
बालबालिका संक्रमित हुदा खेरि बढ्दै छ डर।
शिक्षक ले भनेको कुरामा मात्रै भर परौं                       
संक्रमण बाट बच्न लाई माक्स को प्रयोग गरौँ।
सबैजना ले थाहा पाउ सामान्य जानकारी
समयमा ध्यान पुर्याउ पर्न सक्छ भारी।
 
कोरोना सर्ने ठाउँमा हुन्न हाम्ले छुन
२०सेकेन्ड नबिर्सौं साबुन ले हात धुन
सबैले आबश्यक निति नियम बनाऔं
आउदै छ चाडपर्व संयमित भई मनाऔं।
कोरोना हट्या छैन भ्रममा नपरौं
 आफैले सुरक्षित हुने काम गरौं।