अर्घाखाँचीमा अब मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन् । 
जिल्लाभर प्रहरीले मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नदिने भएको हो । 
दशैं र तिहारको भीडभाडलाई मध्यनजर गरी गोरुसिङे – सन्धिखर्क सडक खण्ड लगायत जिल्लाभर सवारी साधनमा बस्नेले अनिवार्य मास्क लगाउन पर्नेछ । 
यस्तै  सिटमा क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई सवारी साधानमा प्रवेश रोक लगाउन, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनको ढोकामा अनिवार्यरूपमा स्यानिटाइजर राख्न, सवारी साधनलाई अनिवार्यरूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ ।
यस्तै प्रहरीले चाडवाडको बेला हुनसक्ने सम्भावित जोखिबाट बच्न पनि अनुरोध गरेको छ । यस्तै आधिकारिक काउन्टरबाट टिकट काटी यात्रा गर्न र सवारी साधनको छतमा यात्रु नराख्न पनि निर्देशन गरिएको छ ।
उता जिल्लाको सदरमुकाम सन्धिखर्कको शान्ति बगैंचा, चुत्राबेसीको भक्तीटोला, ठाडा, खन, नरपानी, खिल्जी लगायत जिल्लाभर बिजया दशमी तथा शुभ दिपावलीलाई ध्यानमा राखेर प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ। 

अन्य समाचारहरु