फेरि पनि आयो दशैं


पारस भट्टराई  
भुमिकास्थान नगरपालिका वडा नं ९ ढिकुरा अर्घाखाँची
कोरोनाको संक्रमण दर घट्दै छ जसै
संक्रमण दर बढाउन फेरि आयो दशैं
सबैजना सचेत हौं भ्रममा कोही नपरौं
संक्रमण यथावत छ माक्स प्रयोग गरौँ
माक्स को सधै प्रयोग गरौँ आशिर्वाद दिदा
भौतिक दुरी कायम गरौं आशिर्वाद लिदा
घर बाट बाहिर ननिस्कौं लाग्दा रुघाखोकी
कतै हामी हिड्दै छैनौं कोरोना लाई बोकि
पहिले सबैजना कोरोना संक्रमण संग डराए
अनाबश्यक जमघट नहौं खेल्दा खेरि सराए
सामान्य अबस्था होस वा कोभिड महामारी
अनिवार्य  माक्स लगाउने हाम्रो जिम्मेवारी
 हामिले कुरा बुझ्न पर्छ यस्तो अबस्था लाई हेरि
अनाबश्यक जमघट नहौं संक्रमण दर बढ्ला फेरि
सतर्कता अपनाऊ हामी यस्तो अबस्था थाहा पाई
सबैले खोप लाए तर खोप छैन  बालबालिका लाई
भाईरल ज्वरो आएपनि जाउ कोरोना संक्रमण जाँच्न
सतर्कता अपनाउनु होला छ भने तपाईं लाई नि बाच्न
 सबैजना ले अजै पनि यसलाई त महामारी नै लिउ
संक्रमण  रोक्न लाई सबैले सरकार लाई साथ दिउ