अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची राष्ट्रसेवक समाजको विजयादशमी, शुभदीपावली, नेपाल सम्वत्, छठ पर्व लगायतका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंको गृह सचिवको कार्यकक्ष गृहमन्त्रालय सिंहदरबारमा आज आईतबार अर्घाखाँची राष्ट्रसेवक समाजको विजयादशमी, शुभदीपावली, नेपाल सम्वत्, छठ पर्व लगायतका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
शुभकामना आदानप्रदान कार्यक्रम गृह सचिव एवम् समाजका अध्यक्ष टेकनारायण पाण्डेको अध्यक्षता तथा समाजका सचिव विष्णु बेल्वासेको संचालनमा भएको थियो ।