अर्घाखाँचीमा आज आईतबार कोरोना ४ जनाले कोरोना जिते, १३ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १०३ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ४६  जना, भूमिकास्थान नगरपालिकामा ९   जना,  शितगंगा नगरपालिकामा १ जना,  मालारानी गाउँपालिकामा ८,     पाणिनी गाउँपालिकामा ३४,     र छत्रदेव गाउँपालिकामा ५ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४३५६ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९०९  जना, भूमिकास्थान नगरपालिकामा ७४०  जना,     शितगंगा नगरपालिकामा ४३४ जना,       मालारानी गाउँपालिकामा ५४४    जना,  पाणिनी गाउँपालिकामा ४३१   जना  र छत्रदेव गाउँपालिकामा २९८  जना संक्रमित रहेका छन् ।   
साथै जिल्लामा पछिल्लो २४ घण्टामा ४ जनाले कोरोना जितेका छन् ।   जिल्लामा गत वर्षदेखि आजसम्म  ४१७० जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १८३६  जना, भूमिकास्थान नगरपालिकामा ७१६  जना,  शितगंगा नगरपालिकामा ४२० जना,   मालारानी गाउँपालिकामा ५२२ जना,    पाणिनी गाउँपालिकामा ३८७  जना   र छत्रदेव गाउँपालिकामा २८९   जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८३ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २७  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा १०   र छत्रदेव गाउँपालिकामा ४ जना संक्रमित रहेका छन् ।
आईतबारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु