अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना संक्रमणमा कमी आएता पनि अझै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जिल्लाबासीमा अनुरोध गरेको छ ।
यसअघि प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको अध्यक्षतामा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी) अर्घाखाँचीको सन्धिखर्कमा बसेको बैठकले कार्तिक २५ बिहीवार राती १२:०० बजेसम्म भीडभाडका क्रियाकलाप नगर्न अनुरोध गरेको थियो ।
साथै यस अगाडि बैंक तथा वित्तीय संस्थाहरु, विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरु, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित, निर्माण सम्बन्धी पसल र व्यवसाय, सबै निजी तथा सार्वजनिक यातायात हाेटल, रेष्टुरेन्ट, शैलुन, जिमहल, सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरु, मठमन्दिर, पार्टी प्यालेस सबै खुलेका छन् ।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ । तर जिल्लामा कोभिड–१९ अर्थात कोरोना भाइरस रोग विरुद्धको खोप लगाउने कार्यक्रमलाई पनि निरन्तरता दिईएको छ ।
गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।