घरभित्रको कथा (कथा संग्रह भाग १९)


सुभाष ज्ञवाली 
छत्रदेव चिदिका
खै किन ?
हिजोआज फेरि तिम्रो आवाज सुन्न मन लागेको छ,
तिमी संग बोल्न मन लागेको छ, सन्चै छौ कि बिसन्चो
जान्न मन लागेको छ, खाना खायौ भनेर
पहिले जस्तो सोध्न मन लागेको छ 
धेरै समय पनि त भयो नि है हामी नबोलेको 
तिमिलाई फोन गर्न त मन लाग्छ तर सक्दिन
खै किन अहिले त फोन गरेर हेल्लो भन्न पनि सक्छु जस्तो लाग्दिन
थाहा छैन कहिले देखि यति कमजोर हुँदै गए म 
आजभोली सानो सानो कुराको निर्णय लिउन पनि डर लाग्छ सायद तिमी संग प्रेम गर्ने निर्णय
गलत साबित भएर पो हो कि ?
आजभोली तिमिलाई online पनि देखिरहन्छु 
 तर बोल्दिनौ तिमी !!! जब जब म अनलाईन आउछु तिम्रो profile search गरेर सधै चेक गर्ने गर्छु त्यति मात्रै कहाँ हो र तिम्रो फोटोमा अरुले गरेको एक एक comment हेर्ने गर्छु पढ्ने गर्छु कसैले तिम्रो फोटोमा love react गरेको देख्दा jealous त हुन्छ तर के गर्नु
कसैलाई केही भन्नै सक्दिन
न तिमिलाई न त्यो react गर्ने मान्छेलाई
अब तिमी माथी मेरो कुनै अधिकार जो छैन
एउटा कुरा तिमिलाई पनि राम्रो संग थाहा छ
र मलाई पनि थाहा छ 
म तिमिलाई जिन्दगीभर बिर्सन सक्दैन भन्ने
तर चाहेको सबै चिज पनि कहाँ पाईदो रहेछ र 
थाहा छैन किन ? कसरी ? जब म तिम्रो कुरा गर्छु 
जब तिम्रो बारेमा सम्झिन्छु सुक्खा खडेरी लागेको यी आँखामा पनि टिलपिल टिलपिल आँसु भरिएर टपटप चुहिन थाल्छन्  
यसरी तिमिलाई सम्झिएर रुनु भन्दा त तिमिलाई भुलाउन नै सजिलो हुन्थ्यो होला जस्तो लाग्छ तर के गर्नु भुल्नु गाह्रो तर तिमिलाई सम्झिएर रुनु सजिलो लाग्छ मलाई
माया गरेको लाई भुल्नु गाह्रो हुँदो रहेछ तिमिले जस्तो 
नाटक गरेको भए त मलाई पनि भुल्न सजिलो हुन्थ्यो होला नि म त जिन्दगी नै बिताउने होला भनेर सुरुमै जिन्दगीभरको लागि भनेर सोचे त्यस्तै सपना देख्न थाले 
पछि आएर तिमिले बिचमै साथ छोड्छौ भन्ने 
अलिकती पनि शंका पाएको भए त 
म तिमी संग सम्बन्ध जोड्न त के 
तिम्रो नजिक पनि कहिले हुने थिएन होला 
मलाई तिमी भन्दा राम्रो पाउने सोच पनि कहिले आएन 
र मैले तिमी भन्दा राम्रो पनि कहिले चाहेन 
सायद तिमिले म भन्दा राम्रो चाहेको थियौ होला 
वा पायौ होला त्यसैले त दुरि बढायौ म संग
अहिले त मेरो ठाउँ पनि
अरु कसैलाई दिई सक्यौ होला तिम्रो मनमा 
त्यही भएर हिजोआज तिमिलाई मेरो कमि महसुस हुँदैन तिमिलाई म संग बोल्न मन लाग्दैन 
र म पनि यहि चाहन्छु तिमिलाई मेरो याद कहिले नआओस्
तिमिलाई मेरो कमि कहिले महसुस नहोस् 
किनकी म चाहदैन तिमिलाई पनि मलाई जस्तै पीडा होस्।।।
उहीँ तिम्रो सुभचिन्तक