जन्मदिनको अनमोल शुभकामना (कविता)


निरु आचार्य “नवरश्मी “
खै कहाँबाट सुरु गरु 
खै कहाँबाट मनका
 कुण्ठाहरु फुकाउ 
कसरी शब्दमा उतारु…
बस म चाहन्छु
हरेक दिन , हरेक क्षण बिहानीको 
नौलो किरण बनी उदाउनु
हिमालमा हिउँ टल्केसरी 
सदा मान ,प्रतिष्ठा टल्काइरहनु 
सदा शिर उचो बनाइराख्नु है 
सुभकामना प्यारा ….,
 जिन्दगी लामो छ 
यात्राको क्रममा धेरै बाधा , ब्यबधानहरु आउछ्न्
कयौं चुनौतीहरु आउछ्न्
कतिपनि नडगमगाइ 
सम्भावनाका पथहरु अंगाल्नु है 
सुभकामना प्यारा …,
   दुनिया बुझिनसक्नु छ 
हरेक मान्छे पैसाकोपछि लम्किरहन्छ्न्
दुख ,गाह्रो पर्दा तर्किने र 
सुख अनि खुशीमा मात्र नजिकिने 
मान्छेहरु चिनेर अघि बढ्नु है 
सुभकामना प्यारा .,
अरु मिलेको र खुशी भएकोमा तगारो हाल्न खोज्ने 
खुट्टा तान्न तत्पर मान्छेहरु
समाजमा छ्यापछ्याप्ती छ्न् 
आफ्नो खुट्टा कतिपनि ,
कहिल्यैपनि नलरबराइ सदा 
तिलिचो तालबनि 
अग्रपङ्तिमा रहनु है 
सुभकामना प्यारा ,
समाज यत्रतत्र, अस्तब्यस्त बनेको छ  
देशको हालत दिनहुँ बिग्रदो छ 
कानुन ठुला अनि धनीमानी लाई मात्र छ , मान्छेहरु चिप्लो घस्न अनि छेपारोले रङ्ग फेरेझै व्यवहार 
फेर्न खप्पिस भएका छन् 
आफ्नो स्वार्थको लागि बिरालो बनेर पस्ने अनि बाघ बनेर निस्किनेहरुको कमि छैन
त्यस्ता मानबहरुलाई चुनौती दिदै 
अघि बढ्न कम्मर कस्नु है
सुभकामना प्यारा ,
 हरेक कुरामा प्रतिस्पर्धा छ 
देखासिखी छ 
आफ्नो क्षमता ,अनि बौद्धिकताभन्दा 
बाहिर गइ ,
हरेक ठाउमा , हतार गरि न्यायाधीश बन्न खोज्नेहरुको कतिपनि कमि छैन
सत्यको पक्षमा अनि घुसघुसेहरुको बिरुद्द सदा बन्दुक बनेर 
उभिनु है 
सुभकामना प्यारा , 
म कहिले आत्तिदा अनि कैले मात्तिदा 
जसरी एक असल अभिभाबक बनी त कैले ,असल श्रीमान बनी 
हरेक कार्यमा दरिलो साथ ,सहयोग दिई 
 एक खम्बा बनी उभिइरहेका छौं , 
सदा यस्तै बनिरहनु है 
सुभकामना प्यारा ,
श्रीमान श्रीमति भएपछी झगडा गर्नुपर्दछ , रिसाउनुपर्दछ ,भन्ने मान्यता भन्दा एक तह माथी उठेर 
जसरी हामी अरुभन्दा केही फरक जोडी बन्नुपर्दछ ..
कसैको लागी प्रेरणाको श्रोत बन्नुपर्दछ भन्ने अभिप्रायले ,
 मलाई समेत सुधार्न सफल बन्नुभएको छ 
सदा यस्तै शिक्षा दिनु है 
सुभकामना प्यारा , 
छोरी मान्छे अझ भनौं बुहारी भइसकेपछी सिमित घरमा मात्र 
हैन बाहिरि दुनियाँमा गएर समेत केही गर्नुपर्दछ साथै 
समाजमा सामान्य महिलाहरु भन्दा 
एक स्टेप माथी उठेर अलिक फरक नारी बन्नुपर्छ भन्ने प्रेरणा सदा दिइ,
  हरेक चुनौती सामना गर्न  प्रेरित गरिरहनु है 
सुभकामना प्यारा ,
जिम्मेवारीले भरिएको त्यो काध 
अनि संघर्ष गर्न सदा तत्पर ती पाखुरिहरु 
कहिलेकाही यात्राको दौरानमा 
थरथराएछ्न भने 
मेरो साथ अनि मेरो हात 
सदा हजुरसङ्गै छ 
समाउन नभुल्नु है 
 जन्मदिनको अनमोल सुभकामना प्यारा ।
 धेरै धेरै सुभकामना ।।