सन्धिखर्कको टुडीखेलमा तिव्र आलोचना भएपछि कांग्रेसले गर्‍यो सरसफाई (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशन स्थल टुडीखेलमा पाँच दिनपछि सरसफाई भएको छ ।  
कांग्रेसको १४ औं जिल्ला अधिवेशन स्थल सन्धिखर्कको टुडीखेल मैदानमा तिव्र आलोचना भएपछि पाँच दिनपछि सरसफाई भएको हो । 
कांग्रेसको कार्यक्रम स्थल सन्धिखर्कको टुडीखेलमा उद्घाटन समारोह  मंसिर ६ गते सोमवार सम्पन्न भएको ५ दिनसम्म सरसफाई नभएपछि ब्यापक आलोचना भएको थियो । 
सन्धिखर्कको टुडीखेलमा आज शुक्रवार नवनिर्वाचित जिल्ला सभापती केशव श्रेष्ठ, पुर्व जिल्ला सभापती कमल प्रसाद भुसाल लगायतको उपस्थितीमा  सरसफाई गरिएका थिए ।  
टुडीखेलमा कांग्रेसको १४ औं जिल्ला अधिबेशनको उद्घाटन समारोह  मंसिर ६ गते सोमवार सम्पन्न भएको थियो । भने मंगलवार जिल्ला समिती र महाधिवेशन प्रतिनिधीहरुको निर्वाचन सम्पन्न भएको थियो । 
तस्बिरहरु: फेसबूकबाट 

अन्य समाचारहरु