अर्घाखाँचीबाट कांग्रेसको १४ औं महाधिवेशनमा ५ जनाले उम्मेदवारी दिए


लक्ष्मण घिमिरे 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अर्घाखाँचीबाट ५ जनाले उम्मेदवारी दिएका छन् । ६ जनाले उम्मेद्वारी दिएकामा लुम्बिनी प्रदेशबाट केन्द्रिय सदस्यमा उम्मेद्वारी दर्ता गरेका कमलप्रसाद भुसालले उम्मेद्वारी फिर्ता लिएसंगै ५ जना उम्मेद्वार भएका हुन् ।
सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा र खुलातर्फको महिलाबाट केन्द्रीय सदस्यमा पुष्पा भुसालले उम्मेदवारी दिएका छन् । उनीहरु १३ औं महाधिवेशनबाट केन्दीय सदस्य निर्वाचित भएका थिए । भुसाल संघीय कांग्रेस संसदीय दलकी सचेतक र विश्वकर्मा सांसद हुन् । विश्वकर्मा र भुसाल शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, सदस्यमा नेपाल चिकित्सक संघका पूर्व केन्द्रीय अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जनजाती कोटबाट, पूर्वराज्यमन्त्री रेवतीप्रसाद भुसालले खस आर्यबाट तथा लुम्बिनी प्रदेशको कोटाबाट छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु आआफ्नो प्रचारमा जुटेका छन् । डा. श्रेष्ठ, पोख्रेल, रेवती शेखर कोइराला प्यानलबाट उठेका हुन् ।

अन्य समाचारहरु