अर्घाखाँचीमा अब नम्बर प्लेट नराख्ने र स्पष्ट नम्बर नभएका सवारीसाधनहरुलाई कारबाही (फोटो फिचर)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ट्राफिक प्रहरीले स्पष्ट नम्बर प्लेट नभएका र नम्बर प्लेट नराखी सवारी चलाएका सवारीसाधनहरुलाई कारबाही अभियान चलाएको छ । 
सन्धिखर्क – गोरुसिङे सडक लगायत जिल्लाभर ट्राफिक प्रहरीले स्पष्ट नम्बर प्लेट नभएका र नम्बर प्लेट नराखी सवारी चलाएका सवारीसाधनहरुलाई कारबाही अभियान चलाएको हो । 
यस्तै ट्राफिक प्रहरीको चेकिङ टोलीले सवारी साध न चेकजाँचको क्रममा नम्बर प्लेट नराखी सवारी चलाएका, स्प्षट नम्बर प्लेट नभएका र मापदण्ड अनुसार नम्बर प्लेट नराखेका साना ठुला गरी अन्दाजी ३० वटा सवारी साधनहरुको नम्बर प्लेट सुधार गरी चेतावनी दिएर छोडेको छ ।

अन्य समाचारहरु