सागर महत
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका शारिरीक अपाङ्गता भएका व्यक्तिले सवारी साधनमा ५० प्रतिशत छुट पाउने भएका छन् ।
शृजनशिल अपाङ्गता सरोकार केन्द्रको पहलमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, प्रहरी नायब उपरीक्षक अमर थापा र जिल्लास्थित यातायात समितिको संयुक्त बैठकले छूटको निर्णय गरेको हो ।
सरकारले जारी गरेको अपाङ्गताको अधिकार सम्बन्धी ऐन २०७४ मा सिट आरक्षण र छुट दिने भनेपनि त्यो कार्यान्वयन हुन सकेको थिएन् ।
अभियान सफल पार्न जिल्लामा रहेर अपाङ्गता क्षेत्रमा काम गदै आएको अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र अर्घाखाँचीले सक्रियता देखाएका थिए ।
अभियान निर्णय भएकै दिनदेखि लागू हुनेछ । छुट नपाएमा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।