अर्घाखाँचीमा एमालेको जिल्ला अधिवेशन पौष २३ गते हुने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा (एमाले) को अधिवेशन पौष २३ गते हुने भएको छ । 
अर्घाखाँचीमा एमालेको जिल्ला अधिवेशन पौष २३ गते हुने भएको हो ।
एमालेले जिल्ला अधिवेशन सदरमुकाम सन्धिखर्कमा गर्ने भएको बताएको छ । साथै जिल्ला अधिवेशनको तयारी शुरु गरिरएको पनि बताइएको छ ।  
यसअघि नेकपा (एमाले)को केन्द्रिय कमिटीले जिल्ला अधिवेशन पौष २३ गते र सबै प्रदेशकाे अधिवेशन यही माघ ८ गते गर्ने निर्णय गरेको थियो ।

अन्य समाचारहरु