पैसा (कविता)


 
पारस भट्टराई
कहाँबाट  कसरी कसले पैसा बनायो
सबैले  समय भरि त्यसमा नैं खनायो
नचाहिने हैन पक्कै सबैलाई चाहिन्छ
मिहिनेत नै नगरि त खै कसरी पाईन्छ
   
             उठेदेखि बेलुका सम्म त सकिन्छ हो कति
             कसैले  पनि भयो भन्दैनन् नि भए नि जति
             नाम चाहिँ राख्यो कसले यसको पैसा भनि
             गरिब र धनि छुट्याउने त कारण हो यो पनि
पैसै  बाट  कोही मानिस त भैसके महान
बाड्ने बेला त  सबैलाई  गरेहुन्थ्यो समान
कहाँबाट गएछ नि सबैलाई आबश्यक पर्न
कोही मानिस  थालिसके  यसकै निम्ति मर्न
              संसारमा नै  छैन केही रे पैसा भन्दा नि ठूलो
             पैसा कै लोभमा कोही त आफ्नो पद नै भुलो
             मानिस  पछि  परे यसैलाई नै सबथोक ठानि
             यसकै  कारण  परिसक्यो भ्रष्टाचार को बानी
पुगेपछि त भने हुन्थ्यो भयो मलाई त टन्न
सबैको सोच नै छनि त सबैलाई धनि बन्न
पैसा लेखिन्छ सधै सबैमा यसलाई लेख्दा
कागज जस्तै नै देखिन्छ झट्ट यसलाई हेर्दा