पालीको श्री कमला मावि र मालारानीकाे बिरेन्द्र शिक्षा क्याम्पसमा अनेरास्ववियुकाे संगठन विस्तार अभियान सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  पाणििनी गाँउपालिका वार्ड नं ८ पालीको श्री कमला माविमा नेकपा एमाले निकट अनेरास्ववियुकाे संगठन विस्तार तथा सदस्यता वितरण अभियान सम्पन्न भएको छ । 
पालीको श्री कमला माविमा आज मंगलवार अनेरास्ववियुकाे संगठन विस्तार तथा सदस्यता वितरण अभियान सम्पन्न भएको हो । 
 पाणिनि गाउँपालिका ईन्चार्ज राजेश धिमिरेकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएकाे छ । 
यसैगरि मालारानी गाँउपालिकाकाे बिरेन्द्र शिक्षा क्याम्पसमा  सबिता बन्जाडेको अध्यक्षतामा २५ सदस्यीय  अनेरास्ववियु बिरेद्र शिक्षा क्याम्पस  कमिटी गठन भएकाे छ। 
अनेरास्ववियु केन्द्रीय सदस्य अर्जुन खनालकाे प्रमुख अतिथ्यता,,मालारानि गाउँपालिका संयाेजक विष्णु चाैहानकाे विशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे छ।