अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा अर्घाखाँची, गुल्मी र प्यूठान जिल्लाबीच अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आज शनिवार अर्घाखाँची, गुल्मी र प्यूठान जिल्लाबीच अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको हो ।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको अध्यक्षतामा बसेको बैठकमा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, जिल्ला प्रशासन कार्यालय गुल्मीका, सहायक प्रमुख जिल्ला अधिकारी, हरि प्रसाद गैरै, जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराई, ईश्वरी बक्स गुल्म, अर्घाखाँचीका सेनानी, आदित्य सिलवाल, संग्राम शार्दुल गुल्म धागिथुम, गुल्मीका सेनानी, राजन भुजू, ईन्द्रध्वज गण, प्यूठानका सेनानी, दिपेन्द्र पोख्रेल, जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्र.ना.उ.,अमर बहादुर थापा, जिल्ला प्रहरी कार्यालय, प्यूठानका प्र.ना.उ. सत्यनारायण थापा, सशस्त्र प्रहरी बल आश्वित गुल्म, प्यूठानका स.प्र.ना.उ. योग्य बस्नेत, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, अर्घाखाँचीका प्र.अ.अ. सन्तोष बस्नेत, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, गुल्मीका प्र.अ.अ. दिनेश पोख्रेल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, प्यूठानका प्र.अ.अ. हिरण्ड बहादुर कुवँर, जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी, विनोद खनाल, सशस्त्र प्रहरीबल नं.३६ गुल्म,अर्घाखाँचीका स.प्र.नि., दयाराम पौडेल, सशस्त्र प्रहरी बल नेपाल नं.३७ हे.क्वा. गुल्म, गुल्मीका स.प्र.नि. विवेक लामिछाने लगायतको उपस्थिती रहेको थियो ।

उक्त बैठकमा एक अर्को जिल्लाको शान्ति सुरक्षा, विपद् व्यवस्थापन लगायत साझा सरोकारका विविध विषयमा छलफल हुनुको साथै एक आपसमा सहयोग र समन्वयलाई थप प्रभावकारी बनाउने लगायतका विभित्र निर्णयहरू भएको बताइएको छ ।