सन्धिखर्कमा अखिल क्रान्तिकारीद्धारा मूल्यबृद्धि विरुद्ध प्रदर्शन | केन्द्रिय सदस्य खड्का सहित दुई जना प्रकाउ


अनिल नेपाली 
सन्धिखर्क, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यबृद्धि विरुद्ध  आज सदरमुकाम सन्धिखकंमा विराेध प्रदर्शन गरेको छ । 
सन्धिखर्कबाट  पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि विरुद्धको प्रदर्शन क्रममा  अखिल ( क्रान्तिकारी)का  सदस्य नवीन खड्का  जिल्ला काेषाधयक्ष सुनिल नेपाली  लगाएतलाई प्रहरीले आज गिरपताकार गरेको अखिल त्रान्तिकारिले जनाएको छ । अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यबृद्धि तत्काल खारेज गर्न माग गरेको छ ।
पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्यबृद्धि तत्काल खारेज गरि प्रटाेलियम पदार्थमा भइरहेका चुहावट र भ्रष्टचारी कर्मचारीहरुमाथि कारबाही तथा वैकल्पिक र आत्मनिर्भर उर्जाको उत्पादनसँगै प्रयोगमा जोड दिन समेत आग्रह गदै  उक्त संगठनले विगत केही दिा देखि  माग गरेको छ ।

अन्य समाचारहरु