अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना संक्रमित दिनप्रतिदिन घटेको छ । पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १९० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १०१ जना, भूमिकास्थान नगरपालिकामा १२ जना, शितगंगा नगरपालिकामा ३४ जना, मालारानी गाउँपालिकामा ८, पाणिनी गाउँपालिकामा २९ र छत्रदेव गाउँपालिकामा ६ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४८७९ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २१६२ जना, भूमिकास्थान नगरपालिकामा ७८८ जना, शितगंगा नगरपालिकामा ५२४ जना, मालारानी गाउँपालिकामा ५७७ जना, पाणिनी गाउँपालिकामा ५१८ जना र छत्रदेव गाउँपालिकामा ३१० जना संक्रमित रहेका छन् ।
साथै पछिल्लो २४ घण्टामा जिल्लाभर ३१ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म ४५९७ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा २०३१ जना, भूमिकास्थान नगरपालिकामा ७६० जना, शितगंगा नगरपालिकामा ४७६ जना, मालारानी गाउँपालिकामा ५५२ जना, पाणिनी गाउँपालिकामा ४७८ जना र छत्रदेव गाउँपालिकामा ३०० जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ९२ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३० जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १७, पाणिनी गाउँपालिकामा ११ र छत्रदेव गाउँपालिकामा ४ जना रहेका छन् ।
बुधवारको कोरोना विवरण यस्तो छ:
