एमसिसी र नेता (कविता)

 
रबि पाैडेल, पाण्डेचरी

एमसिसि ले देश ध्वस्त हुन्छ
अनि मात्रै थाहा हुन्छ 
बाँचेका लाई यहाँ कस्तो हुन्छ ।
हेर अमेरिका प्रवेश भए का देश 
बिकास भएको छ कि बिनास त्यहाँ 
तिनिहरु काे प्रवेश ले ख्वाउछन लाेप्पा यहाँ ।
साधन श्राेत माथि काे कब्जा 
पहिलो हुन्छ उसको एजेन्डा 
संस्कृति माथि काे कब्जा उसको दाेस्राे एजेन्डा ।
कानुन लाग्दैन उसलाई उ पसेको देशमा
मान्नुपर्छ अादेस उसको उ बसेकाे देशमा 
अाउछन उनिहरु  मुसाकाे भेषमा ।
जमिन कब्जा ,अाकास कब्जा 
गर्दछन संविधान कब्जा उनिहरु
देखाउछन अनि बाघको हुँकार यहाँ ।
लाेभि ,पापि र डकैती नेताहरू हाे 
यमसिसि फिर्ता गर 
बिकास हुन्छ भनेर भ्रम नछर ।
कति खान्छाै बिदेसि  ऋण 
कसरी हुन्छ हजम
यमसिसि फिर्ता पठाउने जनताको कसम ।
कफन बेरेर जनता अान्दोलन 
टाउका फाेरेका छन
दलाल हरु हाेसियार संसद भवन घेरेका छन ।
दुई जिब्रे कुरा नगर नेताहरू 
जनता ले जिताएका हुन 
जनता ले चाहे फेरि मसानघाट पुर्याउनेछन ।
यमसिसि चाहिदैन 
देश बेच्न पाईदैन
दलाल नेता मुर्दाबाद  ।