मुठ्ठी उठाई (कविता)

रबि पाैडेल पाण्डेचरी 

हातमा दहि जमाएर बस्ने बेला रहेन अब 
साम्राज्यवाद काे जालमा फस्दै छ देश
 हेरेर बस्ने अबस्था भएन अब ।
बदल्नु पर्छ अब नरसिंह भेष 
साम्राज्यवाद का खुनी नङग्रहरु फैलाउदै 
लाठि र बुट बर्सिने भए 
नेपाल देश काे अस्मिता अब नामेट पार्ने भए 
सान्तिभुमि नेपाल लाई साम्रिक बनाउने भए ।
सरकार पतनकाे दिशामा अघि बढेको छ
सुन्दैन जनताको अावाज अहिले 
याे पनि रास्टघातकाे श्रृङखला हाे 
भनेर बुझ्नुपर्छ गाउँ सहर ले ।
सत्ताधारिहरु त सत्ता टिकाउने दाउमा हुन्छन
दिउस जनताको साथमा देखिन्छ 
जब हुन्छ राति अनि साम्राज्यवादी काे पाँउमा हुन्छन ।
चाकडि र चाप्लुसि गरिरहेका हुन्छन ।
मुठ्ठी उठाई कफन बेर्ने दिन अायाे 
तातो गाेलि पिएर सडक मा मर्ने दिन अायाे ।
यमसिसि फिर्ता पठाउ एउटै माग हाे जनताको 
संसद भवन हनेईन ,सांसद घेर्न पर्ने भाे गाउँ मा बालेर राँकाे ।
मिति :- २३/०२/२०२२