अर्घाखाँचीमा निवृत राष्ट्रसेवक समाजको चौथौ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा भुसाल


श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची । निवृत राष्ट्रसेवक समाज नेपालका केन्द्रिय महासचिव विष्णु बस्यालले नेताहरुको भाषणमा आउने समृद्धि हाँसिल गर्न निवृतहरुको वौद्धिक क्षमतालाई सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । 
“हाम्रो मुलुकको राजनिति गफमा बढि, काममा कम भएको देखिन्छ,“काम गर्नलाई योजना चाहिन्छ,योजना बनाउन वौद्धिक तप्काको सुझावलाई ग्रहण गर्नु जरुरी छ ।”महासचिव बस्यालले भन्नुभयो,“अहिलेका दल र नेतृत्वलाई वौद्धिक सर्कलको आवस्यकता नभएजस्तो देखिन्छ यसरी मुलुक स्विजरल्यान्ड बन्दैन ।”निवृत राष्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको चौथौ जिल्ला अधिवेशनको बुधवार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आफ्नो उर्वर जिवन राष्ट्रसेवामा खर्चेर निवृत भएकाहरुको अनुभव र क्षमतालाई राज्यले उपेक्षा गर्नु दुःखद भएको महासचिव बस्यालको धारणा छ । “नेपाललाई वास्तवमै समृद्धि ल्याउन सबै तहका नागरिकहरुको अपनत्व स्विकार गर्न जरुरी छ ।” उहाँले थप्नुभयो,“हाम्रो सिप र क्षमता हामीसंगै मरेर नजाओस भन्ने हाम्रो चाहना हो ।”
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरले निवृत राष्ट्रसेवक समाज नेपाललाई राज्यको तर्फबाट आबश्यक सहयोगगर्न तयार रहेको भन्दै राष्ट्र निर्माणमा निवृतको ठुलो योगदान रहेको बताउनुभयो । समितिका अध्यक्ष बिष्णु प्रसाद भुसालको अध्यक्षता,सहसचिब नेता भुसाललको स्वागत मनतब्य र सचिब कमलप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क–१ का वडाअध्यक्ष युवराज बन्जाडे,समाजका केन्द्रिय सदस्य बिष्णु प्रसाद आचार्य,केन्द्रिय सल्लाहकार नरेन्द्र बहादुर थापा,केन्द्रिय प्रतिनिधि भिमलाल आचार्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अधिवेशनले बिष्णु प्रसाद भुसालको अध्यक्षतामा १५ सदस्यिय जिल्ला कार्यसमितिको गठन गरेको छ । जसको उपाध्यक्षमा दुर्गा प्रसाद पौडेल,सचिबमा कमल प्रसाद घिमिरे, कोषाध्यक्षमा नेता भुसाल र सहसचिवमा हरी प्रसाद दमासे चयन हुनुभएको छ । यस्तै समितिको सदस्यमा रामबहादुर रायमाझी,डिल्लीराज गैरे,सुमन्त पौडेल,झबिलाल पाण्डे,रामनाथ घिमिरे,खुबिराम खनाल,हरी प्रसाद भुसाल, रेशम प्रसाद भुसाल,साबित्रा पिसी र कमला चँदाली रहनुभएको छ ।
यस्तै अधिबेशनले सुनिता बेल्वासे,लेखबहादुर टण्डन र कमल पोख्रेललाई प्रशेश प्रतिनिधिमा चयन गरेको छ भने पुष्पा न्यौपाने,भिमलाल आचार्य र टामलाल पाण्डेयलाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ । यस्तै ज्ञानराज न्यौपानेको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति र लेखनाथ अर्याल संयोजक रहेको लेखा समितिको समेत गठन गरेकोसमाजका सचिब कमल प्रसाद घिमिरेलेजानकारी दिनुभएको छ ।

अन्य समाचारहरु