गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको सन्धिखर्क नगरपालीका वार्ड नम्बर १० शिखरबार्नीमा रहेको अर्घा भगवती विमानस्थल परिक्षण उडानको लागि तयार भएको छ ।
तस्विर: गणेश खनाल, अर्घाखाँचीडट्कम
पहिलो र द्रोस्रो चरण गरि ६५० मिटर लम्बाइ र ४० मिटर चौडाइको विमानस्थलको ‘रनवे’को काम पुरा भए सगै परिक्षण उडान गर्नको लागि भौतिक हिसाव हिसावल योग्य भएको नागरिक उड्यन प्राधिकरणका इन्जिनियर पुष्पराज न्यौपानेले जानाकारी दिनुभयो । प्रावधिक कागजात मिलाउन केहि समय लाग्ने बताउदै न्यौपानेले परिक्षण उडान छिट्टै हुने बताउनुुभयो ।
व्यावसायिक उडान हुनको लागि भने अझै समय लाग्ने न्यौपानेको भनाई रहेको छ । कन्ट्रोल टावर,टर्मिनल,सुरक्षा जस्ता काम गर्न बाकी रहेकाले व्यावसायिक उडान हुन भने हाललाई हुन नसक्ने न्यौपानेले बताउनुभयो । हालको निर्माण सम्पन्न ग्राउन्डमा १८ सिटे जहाजले उडान भर्न सक्ने जनाइएको छ । तेस्रो चरणको काम अव छिट्टै सुरु हुने प्राधिकरणले जानाकारी दिएको छ ।
पहिलो चरणमा पुष्पा जेभी कन्स्ट्रक्सनले पाँच करोड ६९ लाख रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न गरेको थियो । दोस्रो चरणमा ८ करोड १० लाखको निर्माण कार्यको लागि प्रदिप प्रतिभा खनाल ब्रदर्श जेभीले ३ करोड ५६ लाखमा ठेक्का पाएको थियो । जसअन्तर्गत एक लाख ८० हजार घन मिटर माटो कटिंग, १ लाख ७६ हजार माटो बोक्ने, ३९ सय घन मिटर फिलिंग र १८ सय घन मिटर ग्याभींग जाली,१५० मिटर रनवेको निर्माण कार्य सम्पन्न व्यवसायी कविराम खनालले बताउनुभयो ।
निर्माण कार्य सम्पन्न गर्नको लागि नागरिक उड्यन प्राधिकरणसँग एक बर्षको सम्झौता गरिएको थियो । जिल्ला बासीहरु अहिले सन्धिखर्कबाट रुपन्देहीको भैरहवामा गएर हवाइ यात्रा गरिरहेका छन । आफ्नै जिल्लामा विमानस्थल भएमा बिहान काठमाडौं गई काम सकेर साझ घर फर्कन सक्ने सपना देखेका जिल्लाबासीको सपना पुरा हुने समय नजिकिदै गएको छ ।
अर्घा भगवती विमानस्थलमा रनवेको निर्माण कार्य सम्पन्न ।