गाउँ फर्क (कविता)

रबि पाैडेल पाण्डेचरी 
 आगामी बैसाख तीस गते स्थानीय चुनाब छ
देस काे युवा जनशक्ति बिदेश मा छ
देश मा साम्राज्यवादी दलाल हरु काे बिगबिगी छ
देश बन्दगि राख्ने सम्भावना छ।
त्यसैले ,गाउँ फर्क ……..
देशमा सिमा मिचिएकाे छ ,पिल्लरहरु सारिएका छन
देश साम्राज्यवाद काे क्रीडा स्थल बन्दै छ 
देशमा सत्ताधारी हरुकाे मनपरि छ
जनताको अावाज कुल्चिदै छ
त्यसैले,गाउँ  फर्क ……..
गाउँ गाउँ बाट दुस्मन लखेट्न
भस्टाचारि नेता लाई धुलाे चटाउन
दम्व र बलमा टिकाउने सरकार ध्वस्त पार्न
समानताको समाज निर्माण गर्न 
गाउँ फर्क……..
महङगि र भस्टाचारकाे अन्त गर्न 
बलात्कारि र हत्यारा लाई कार्यबाहि गर्न 
माफिया र दलाल हरु लाई दण्डित गर्न 
दुस्मनहरु का किल्ला भत्काउन
गाउँ फर्क ……..
छिमेकि मुलुक भारत बाट
तेस्रो मुलुक खाडि बाट
देशका शहर हरु बाट
जनता का दुस्मनहरु हराउन 
बैसाख तीस गते 
सबै गाउँ फर्क ………