सार्वजनिक (गजल)

बाबुराम पाण्डे
सितगङ्गा १० अर्घाखांची 
सम्पादक:अविजित पन्थी
 जङ्गल बेचे ढुङ्गा माटो बेचे
आन्जानमा हैन जानी जानी बेचे।।
अरे चुनाव जितेर मन्त्री भएकाले
डलरमा नेपालको राजधानी बेचे।।
अब हाम्रो सम्पत्ति के रह्यो र खै
नेपालका खनिज बेचे खानी बेचे।।
अझै राष्ट्रवादी हौं भन्न छाड्दैनन्
जस्ले राम्रो चीज छानीछानी बेचे
जनता मिली समातौ कठालो अब
जस्ले तपाईँ हाम्रो जिन्दगी बेचे।।