समानताको बाटो खाेजाैं (कविता)

रबि पाैडेल ,पाण्डेचरि 

सहिदको घाउमा नुनचुक छरेर
अट्यास हाँसो हास्नेहरु
गरिवकाे छाति मा बुट कुल्चेर
चिर निद्रा मा निदाउने हरु
कति फरक छ हेराै त ?
भाेकाे पेटमा पटुकि कसेर
सपनाको संसार नियाल्नेहरु
अाधा शरीर छाेपेर
दुखका दिन कटाउनेहरु
 
कस्तो अबस्था छ हेराै त ?
झुट्टा अास्वासन बाँडेर
पेट भर्ने नेताहरु
देश लिलाम गरेर
सरकार बनाउने दलाल हरु
कस्तो अचम्म छ हेराै त ?
डिग्री हातमा लिएर
खाडि जाने युवाहरु
वारि बांझाे पारेर 
तातो घाम खानेहरु
कति फरक छ हेराै त ?
देश चुनावमय हुदै छ
बिगत का झुट्टा बाचा दाेहाेरिदै
अागनि मा अाउने छन 
तिरस्कार गर्नु जनता ले 
बिचार गराै !
 हाम्रो हाेईन राम्रो हेराैं
कस्तो देश कहाँ पुग्यो ?
 धनी हाेईन गरिव चुनाै 
रास्टकाे माया मुटुमा राखाैं
सच्चा देशभक्त पार्टी राेजाै 
समानताको बाटो खाेजाैं