अर्घाखाँचीमा ४६ हजार ९ सय ३३ लाई टाईफाईड रोग विरुद्व खोप लगाइने

सागर महत
सन्धिखर्क, अर्घाखाँची । जिल्ला स्वास्थ्य कार्यालयले टाइफाइड रोगविरुद्व खोप अभियान सञ्चालन गर्ने भएको छ ।
खोपसँगै नियमित खोपलाई प्रभावकारी बनाउनका लागि कार्यालयले चैत्र २५ गतेदेखि वैशाख १८ गते सम्म स्वास्थ्यकर्मी परिचालन गर्ने भएको हो ।
जसमा १५ महिना भन्दा माथि र १५ वर्ष मुनिका बालबालिका समावेश हुने जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम मार्फत जानकारी गराईएको छ ।
जिल्लाभरमा ४६ हजार ९ सय ३३ लाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका खोप अधिकृत रामप्रसाद गौतमले जानकारी दिनुभयो ।तिन नगरपालिका र तिन गाउँपालिकामा ४ सय २३ खोप केन्द्र तोकिएको छ। जसको लागि ५ सय १३ स्वास्थ्यक्रमी र स्वंयमसेवीका ८ सय ४६ खट्ने खोप अधिकृत गौतमले जानकारी दिनुभयो ।खोपलाई प्रभावकारी बनाउनको लागि विद्यालय संग समन्वय समेत गरिने बताईएको छ ।
बालबालिका लाई खोपको पहुँचमा ल्याउनको लागि सबै क्षेत्रबाट सहयोग गर्न जिल्ला समन्वय प्रमुख पिताम्बर शर्माले आग्रह गर्नुभयो।
स्वास्थ्य कार्यालय अर्घाखाँची की प्रमुख पुष्पा थापाका अनुसार अभियान सफलत बनाउनको लागि अभिभावकको पनि महत्व पुर्ण जिम्मेवारी रहने भएकाले सबै तर्फबाट लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक (किशोर), जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा. राजेन्द्र जिसी,शिक्षा बिकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुलि लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, जिल्लामा रहेका क्रियाशील पत्रकार लगायतको सहभागीता रहेको थियो ।

अन्य समाचारहरु