अर्घाखाँचीकी सपना आचार्यको “मलिलो माटो” उपन्यास सार्वजनिक

प्रकाश प्युठानी
 
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको डिभर्नाकी सपना आचार्यको “मलिलो माटो” उपन्यास सार्वजनिक भएको छ । 
डिभर्नाकी सपना आचार्यको “मलिलो माटो” उपन्यास सार्वजनिक भएको हो । 
“मलिलो माटो” उपन्यास एक नारीबादी, यथार्थबादी, प्रकृतीवादी, यौनमनोविज्ञान र आत्मसंवादले सिंचित भएको र एक आवाजबिहिन पात्र मन्जुले समग्र नारीहरुको दबिएको अनि गुम्सिएको आवाजलाई प्रतिनिधित्व गर्दछ। 
नारी र धर्ती दुवै मलिलो माटो हुन् । दुवैमा बिऊ रोपेपछि उम्रन्छ । नयाँ बिऊ उमार्न त्याग र सहनशिलता चाहिन्छ, भनेर नारी र धर्तीको स्वभाव र कर्ममा धेरै समानता रहेको छ। जति मलिलो माटो भए पनि सृष्टिको प्रकृया कठिन र त्यागपुर्ण भएको हुँदा, निकै सोच बिचार गरेर मात्र मलिलो माटोमा बीऊ हाल्नु पर्ने कुरा यहाँ प्रस्तुत गरिएको छ। गलत समय र गलत ठाउँमा परेको बीऊ जति राम्रो नै परे पनि त्यसले नतिजा नकारात्मक ल्याउन सक्छ भन्ने उपन्यासको आसय रहेको बताइएको छ । 
उपन्यासमा सानो सोच अनि विचार नपुग्नाले कसरी जीवनको बाटो टेढिन सक्छ अनि पुर्व हिँडेको यात्रा पश्चिमतिर मोडिन सक्छ भन्ने कुरा मूलपात्र मन्जुको जीवनले सिकाउँछ।