शिर्षक नमिलेकाे (कविता)

रबि पाैडेल ,पाण्डेचरि 

 बिकाश र समृद्धि का कुरा गर्छन नेताहरू 
बिकास सडक मा खाल्डाखुल्डी मात्रै हुन्छन
कार छाेपिने गरि धुलाे र धुवा उडेको हुन्छ
यहाँ शीर्षक नमिले काे बिकास ! भएको हुन्छ
काेहि भाेकै मर्न पर्दैन काेहि भाेकाे भए मलाई फाेन गर्नुस!
काेहि सडकमा निदाउनु पर्दैन ,त्यस्तो देखे मलाई फाेन गर्नुस
यस्तो पनि कहिं हुन्छ ? तर भएको त्यस्तै छ
त्यसैले शिर्षक नमिलेको 
 बेनि मा रेल अाए पछि कु्स्म मा अाउदैन ?
कुस्म मा त स्टेसन नै बन्छ! त्यो पनि दुई बर्षमा !
चार बर्ष भयाे न बेनि मा रेल अायाे न स्टेसन कुस्ममा? 
अायाे देशै भरि अनावश्यक भ्ु – टावर
त्यसकारण शिर्षक नमिले काे 
रेल र पानी जहाज नेपाल काे झण्डा फरर
पानी जहाज त कहाँ डुब्याे ? थाहा छैन 
रेल घुम्टो भित्र थियाे! घुम्टो उघार्याे 
जनता लाई सिटामाेल छैन रिण मा रेल 
यसकारण शिर्षक नमिलेको 
अब दाउरा मा पकाउनु पर्दैन जमाना कहाँ बाट कहाँ पुग्याे
घर घर मा ग्यास सिलिन्डर हाेईन ! ?
ग्यास काे पाईप लाईन बिछ्याउंछु 
ग्यास काे पाईप लाइन हाेईन यहाँ पानीको पाईप लाइन सम्म छैन 
त्यसकारण शिर्षक नमिलेको
गाउँमा शिक्षा र स्वास्थ्य काे राम्रो ब्यबस्था छैन
सबैभन्दा अल्लाे डाँडा मा भ्यु – टावर 
युवाहरु खाडि मुलुक देशमा राेजगार छैन 
जसले बिकास भनेका छन त्यो बिकाश नै हाेईन
त्यसकारण शिर्षक नमिलेको 
कमिसन खान दिन्न तर घुस खान दिन्छु 
घुस खाने मानिस मन पर्दैन त्यसकारण संगै हिंडाउंछु 
जिम्मेवार पद दिन्छु मिलेर खा .. न् …छु …
अति समूह देखि ,बतास सम्म कमिसन तन्त्र
देशको सिमा मिचिरहन्छ, सरकार लाचार बन्छ
देशका नदिनाला ,कलकारखाना बेचि बिकाश का गफ हान्छ
गिट्टी माटो पानी बेच्ने रास्टघाति सरकार 
जनता भाेकै प्यासै मारि गफ हान्छन धिक्कार !
त्यसैले शिर्षक नमिलेको 
न्याय छैन समानताको कुरा मात्रै हुन्छ 
दलित ,महिला अल्पसंख्यक समुदाय मिचिएकाे हुन्छ
शुकुम्बासि टहरामा हुकुम चलाउदै 
छाप्रा हरु भक्काउछन तिनको मुटु जलाउदै
उठिबास लाउने बिकास कस्तो नेता देशको 
त्यसकारण शिर्षक नमिलेको
हत्या हिम्सा बलात्कार बिकास कै रुप हाे कि !
महङगि र भस्चार नि समृद्धि कै रुप कि 
घुसखाेरि र तस्करी अनि माफियाको जालो 
त्यै भएर भन्या हाेला बिकास गर्ने पालाे 
हाे शिर्षक नमिलेको 
यहाँ मुखमा बिकास हुन्छ 
यहाँ सत्ता र भत्ता मा बिकास हुन्छ
जनताको अबस्था रिणकाे भारिले डुब्याे
अर्थतन्त्र चाैपट पारेर नेताहरू  पेट भर्याे 
त्यसकारण शिर्षक नमिलेको 
मिति : १७/४/२०२२
 दक्षिण भारत पाण्डेचरि ।
नाेट : साहित्य सारथि समाज ( कृषि तथा बिज्ञान बिस्वबिध्यालय ) ले नयाँ बर्ष २०७९ काे उपलक्ष्य मा शुभकामना अादानप्रदान तथा रचना बाचन कार्यक्रम मा मलाई पनि रचना बाचन गर्न दिनुभएको थियाे । र याे रचना मैले बाचन गरेको थिए ।अायाेजक समिति लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।