अर्घाखाँचीमा भोलिदेखि शुरु हुने एसइईको सबै तयारी पूरा

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भोलि शुक्रवारदेखि शुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ यो वर्षको एसईई परीक्षा सुरु हुन लागेको हो ।
जिल्लामा २०७९ साल बैशाख ९ गते  संचालन हुने परिक्षामा जिल्लाका  ७६ सामुदायिक बिध्यालय  ११ संस्थागत गरी कुल ८७ बिध्यालय बाट नियमित तर्फ  छात्रा  १६५८ छात्र १८६० गरि कुल ३५१८ सहभागी हुने छ्न त्यसै गरि ग्रेटवृद्धि तर्फ ६७ अयोग्यतर्फ पनि ७ जना विद्यार्थीहरु पनि परिक्षामा सहभागी हुने छन  परिक्षाथिको लागि  १७ वटा केन्द्र निर्धारण गरिएको छ ।१७ वटा केन्दमा  १७ केन्दाअध्यक्ष २३ साहायक केन्दाअध्यक्ष १८१ जना निरीक्षक ३४ सहायक कर्मचारी र ७३ जना कार्यालय सहयोगी खटाईने छ।
कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।