बाच्न मुस्किल छ (कविता)

पारस भट्टराई
कृषकको उत्पादन भइरहेको छ जताततै खेर 
महंगी कहाँ बाट कहाँ पुग्यो पछि फर्केर त हेर
सक्दैनौ र अझैपनि काम गर्न सक्ने मानिस चिन्न
निम्न वर्गीय परिवारलाई छैन अबस्था केही किन्न
काम गरेर देखानु पर्यो  सुनिदैन धेरै हाम्ले बोलि
बिचार गरौं  श्रीलंका कै अबस्था आउदैछ भोलि
ठुलाठुला सपना छन्  नचले पनि हुन्छ नी रेल 
सर्वसाधारण ले उचित मुल्यमा पाउन पर्यो तेल
कसरी घर चलाउने हो अब बढिरहेको छ डर 
अस्वभाविक मुल्यबृद्धि अब छिट्टै फिर्ता गर
 
सर्वसाधारणलाई गार्हो छ सधै काट्न  गुजारा
युवाहरुले कहिलेसम्म लगाउ नपर्ने होर नारा
स्वरोजगार बन्थे बिधार्थी लाई भए शिक्षा बेलैमा 
कृषिक्षेत्रमा आउदा दिनमा मेशिन होस मेलैमा 
देशको क्षेत्रफल होइन बढ्ने हो मानिसको भिड
 पेट भर्नलाई त खेतबारीमा कुटो लिएर हिड
अरुको आस गर्दा बस्न पर्ला कुनै दिन त भोको
कोहीपनि हुन्न है हेर्न तिमी त्याहाँ बसेर  रोको 
आफुलाई चाहिने अन्न आफै गरौ अबत उत्पादन
आफ्नै उत्पादन सेवन गर्दा निरोगी हुन्छन जहान
                     लेखकको परिचय 
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका बडा नम्बर ९ ढिकुरा मा निम्न बर्गीय परिबार मा जन्मिएका पारस भट्टराई अहिले बिभिन्न मिडिया मा आबद्ध हुनुहुन्छ र उहाँ साहित्य तर्फ पनि कलम चलाइरहनु भएको छ।