काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित हुनुभएको छ ।
वैशाख ३० गते भएको निर्वाचनको बिहीबार राति अबेर सकिएको मतगणनामा नेकपा एमाले, नेपाली कांग्रेससहितका उम्मेदवारलाई २३ हजार भन्दा बढी मतले पराजित गर्दै बालेन निर्वाचित हुनुभएको हो । बालेनले एमालेका केशव स्थापित र कांग्रेसका सिर्जना सिंहलाई हराउनुभएको हो ।
औपचारिक घोषणा केहीबेरमा हुँदैछ ।
स्थापित काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा सिंह कांग्रेस नेतृ हुनुहुन्छ ।
उपमेयरमा भने एमालेका सुनिता डंगोल निर्वाचित हुनुभयो ।
गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई हराउँदै डंगोल निर्वाचित हुनुभएको हो । नेपाल टेलिभिजन