हबाइ दुर्घटना २०७९ ! मृतक र आफन्तको सम्झना !!!


लेखक ,शब्द,/ रचना  -दिपक पान्डे 
छोड्यो नि धर्ती  चुमेर गगन, मुस्कान छोडेर..
कोर्दैछु गित बन्दैछु धुन, यादहरु मा  रोएर !!
लौ सुन साथि काहानी मेरो, त्यो कालो दिनको..
थामेर मुटु कसेर छाती, कथा यो मनको !!
आकाश को बादल तिरमिर तारा, यात्रा त्यो चरीको…
त्यो कालो बादल असिना झरि रुपरङ्ग परीको !!
चरीको बथान रुखको गुड, बझ्रियो जमिनमा..
चिरबिर आवाज आगाको ज्वाला, सल्कियो छिनभरमा!!
आमाको माया बाबाको सपना, छिनभरमा बिलायो..
सपना लडयो छातीनै चर्कियो,धर्ती नै हल्लायो !!
सम्हालि मुटु कोर्दैछु कथा, उनीको यादैमा..
काहानी लेख्यो सम्झना, छोडि तस्बिर साथैमा !!
मेटियो आसा स्वर्गको बास, पयारि त्यो चरी..
भुल्नु छ सबै थामेर मन, भन बाचु म‌ कसरि !!
यो मेरो कथा दैवको खेला, लेखेको भोगेको..
निस्ठुरी दैव चुडायो फुल, कोपिला फक्रेको !!
सकियो कथा लेखेको व्यथा, सम्झना चरीको..
देखेको लेखेको दैवको लेखा, सप्तरङ्गी परीको !!