अनिल नेपाली ,अर्घाखाची ।
अर्घाखाँची जिल्लाका प्रहरी नाउब उपरीक्षक अम्मर बहादुर थापा क्षेत्रीले जिल्लामा उत्कृष्ट कार्यकुशलता पुर्वक कार्यकाल सम्पन्न गनुभएको छ ।
२०७८ साल असार देखि २०७९ साउन महिना सम्म प्रहरी प्रमुखको जिम्मेबारी सम्माल्नु भएका थापाले जिल्लामा महत्वपुर्ण काम गदै जिल्लामा रहेका अपराधजन्य क्रियाकलाप नियन्त्रण गर्नको लागि सदैब अग्रसर हुने थापा जिल्ला बासीको मन मुटुमा बस्न सफल हुनुभएको थियो । प्रहरी देख्दा जोकोही पनि डराउने प्रबृतिलाई निरुत्साहीत गदै जिल्लामा प्रहरी साझेदारी कार्यक्रम विकट बस्तीमा लैजानको लागि सदैब अग्रसर हुनुहुन्थ्यो ।
साझेदारी कार्यक्रम चलाउदा गाँउ बस्तीमा हुने अपराध जन्य क्रियाकलाप नियन्त्रण गर्न सगारु पु¥याउने बताउने थापाले आफ्नो कार्यकालमा जिल्लामा महत्पपुर्ण काम गरी जिल्लाबासीलाई विभिन्न निकायबाट हुने डर क्रास कानुन विपरीत काम गर्ने जोकोहीलाई पनि कार्यबाहीको दायरामा ल्याउनको लागि भुमिका खेलेका थापाले अर्घाखाँची जिल्लालाई शान्ति सुरक्षा अमनचयन अपराधजन्य क्रियाकलाप नियन्त्रण गर्नको लागि विकट बस्ती धनचौरमा अस्थाथी प्रहरी चौकीको स्थापना गरेका थिए ।
शान्ति सुरक्षा र अन्य क्रियाकलापले महत्पुर्ण मानिएको सन्धिखर्कको फुदबाङ बजारमा पनि अस्थाथी प्रहरी चौकीको स्थापना गरेका थापाले स्थानीय निकायको चुनाब पनि सहज परिस्थतिमा गराउनको लागि महत्वपुर्ण रुपमा अहम भुमिका खेल्नुभएको थियो। थापाले कामलाई पहिलो प्राथमिकतामा राख्नुहुन्थ्यो थापाको जिल्लामा आगमन हुदा जिल्लाबासी खुसी देखिन्थे भने विदाई हुदा त्यती खुसी थिएन् । तर जागिर जीवनमा सरुवा बढुवालाई सामान्य प्रक्रियाको रुपमा लिने प्रहरी नायब उपरीक्षक थापाले गरेका कामले जिल्लाबासी निकै खुसी छन् ।
थापाको काठमाण्डौमा सरुवा भएको छ । थापाले आफ्नो कार्यकालका कर्तब्य ज्यान मुद्धा ,जबरजस्ती करणी मुद्धा, लागु औषधका मुद्धा अपरहण तथा शरीर बन्दक मानब बेचविखन तथा ओसारपोसार मुद्धामा सलग्न रहेका व्यक्तिलाई कानुनी दायरामा ल्याउनका लागि उल्लेखनीय भुमिका खेलेका थिए ।
भने जिल्ला अदालतबाट फैसला भई कानुनी दायरामा नआएका फरार प्रतिबादी १४ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएका थिए । थापाले कानुन विपरीत कार्य गरेर ढुङ्गा गिटी बालुबा को ओसार पोसार गर्ने जोकोही लाई पनि नियत्रन्ण गरे राजस्व असुली समेत गरेका थिए । भने थापाले आफ्नो कार्यकालमा प्रहरी प्रशासनका लागि आबश्यक विभिन्न प्रशासकीय भबनको जिल्लामा र स्थानीय सरकारसँग समन्वय गरी स्थानीय चौकीको निर्माणमा समेत पहलकदमी गरेका थिए ।