कपिलवस्तुका क्याम्पसमा नेकपा ( बहुमत) निकट अखिल (क्रान्तिकारी) द्वारा तालाबन्दी

अनिल नेपाली ,अर्घाखाची डट्कम । 
नेकपा( बहुमत) निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले कपिलवस्तु जिल्लाका सबै सामुदायिक क्याम्पसहरूमा आज एकैदिन तालाबन्दी गरेको छ । 
पब्लिक क्याम्पस संघ, कपिलवस्तुले दुई हप्ता अघि कपिलवस्तुका पब्लिक क्याम्पसहरूले लिदैँ आएको मासिक शुल्क रू. ९७५÷– प्रतिमहिनाबाट वृद्धि गरेर रू.१५००÷– पूर्याएको थियोे । यसको बिरोधमा अखिल (क्रान्तिकारी)ले वक्तव्य देखि चरणबद्ध संघर्ष गर्दै आएको थियो ।
कपिलवस्तुका   क्याम्पसमा नेकपा ( बहुमत) निकट अखिल (क्रान्तिकारी) द्वारा तालाबन्दी
 वृद्धि गरिएको शुल्क खारेज गर्न माग गर्दै लुम्बिनी प्रदेशका शिक्षा मन्त्री बसुद्दीन खाँलाई ज्ञापनपत्र पेश समेत गरेको थियो । तर कुनै सुनुवाइ नभएपछि क्रान्तिकारीले आज सबै सामुदायिक क्याम्पसमा तालाबन्दी गर्नुपरेको अखिल (क्रान्तिकारी) कपिलवस्तु संयोजक लक्ष्मी खनालले बताइन ।
कपिलवस्तुका   क्याम्पसमा नेकपा ( बहुमत) निकट अखिल (क्रान्तिकारी) द्वारा तालाबन्दी
यसबिचमा अखिल (क्रान्तिकारी)लाई कुनै जानकारी नै नगरि केही बिद्यार्थी संगठनहरूलाई सुटुक्क बोलाइ विद्यार्थीको माग विपरीत सहमति गरेको प्रति बिद्यार्थीको व्यापक असन्तुष्टि रहेको बताउदै  बिद्यार्थीको माग सम्बोधन नगरे थप सङ्घर्षमा जाने चेतावनीसमेत दिएको छ ।

अन्य समाचारहरु