
– अनिल नेपाली ,अर्घाखाँची
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा एउटा मात्र प्रतिनिधि सभाको निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा सत्ता गठबन्धनले जित्न आवश्यक रहेको बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार काग्रेस केन्द्रीय सदस्य तथा पुर्व उपसभामुख पुष्पा भुसालले बताउनुुभएको छ ।
रिपोर्टस् क्लब नेपाल लुम्विनी प्रदेशले आज सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा भुसालले अर्घाखाँचीको विकास र भष्ट्रचार मुक्त अर्घाखाँची निमार्णको लागि अर्घाखाँचीमा गठबन्धनले जित्न आवश्यक रहेको बताउदै भुसालले ‘अर्घाखाँचीका जनताले अनुभुति गर्ने गरी विकास गर्न अर्घाखाँची विकासको सम्भावना बोकेको क्षेत्र भएकाले पनि यहाँ विकासका धेरै सम्भावना रहेको बताउदै भुसालले लोकतान्त्रिक गठबन्धन राष्ट्रिय राजनितिको आवश्यकता रहेको बताइन् ।
‘हिजोका दिनहरुमा पनि राष्ट्रिय राजनितिलाई बचाउन आम नेपाली जनताको त्याग, तपस्या, बलिदान र संघर्षको आवश्यक थियो र आज पनि त्यत्तिकै आवश्यक छ ।यस्तै कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेश सभा (क) का उम्मेदवार ठाकुर कुमार विकले अधुरा रहेका विकास निमार्णका कामलाई सम्पन्न गर्ने, आम जनताको अपेक्षा अनुसार काम गर्ने बताएका छन् ।
विकले भने ‘अर्घाखाँची जिल्ला विशेषगरी कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको जिल्ला हो यसैले यहाँ आन्तरिक र बाह्य पर्यटन प्रर्बधन गरी आर्थिक कृयाकलापलाई बृद्धि गर्ने र बेरोजगार युवालाई स्वरोजगार प्रदान गर्ने तर्फ केन्द्रित रहेर अघि बढिने छ ।’प्रदेश सभा (ख) का उम्मेदवार कमल भुसालले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र राजगारलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।
भुसालले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र राजगारमा केहि काम भएता पनि त्यी कामले पुणता नपाएकाले अब ति कामलाई पुर्णता दिने बताए । भुसाले भने ‘अर्घाखाँचीमा शु–शासनको लागि पनि गठबन्धनले जित्न आवश्यक छ । अर्घाखाँचीमा गठबन्धनले पुर्ण साथ दिने विश्वास लिएको छु ।
’कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री विष्णु खनाल (मुस्कान)ले उम्म्ेदवारलाई जितको शुभकामना दिदै संविधानको रक्षाको लागि गठबन्धनले जित्नुपर्ने बताए ।यस्तै नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज शुसिला श्रीपालीले उम्मेदवारहरुलाई जितको अग्रिम शुभकामना दिदै अब निर्वाचन समिति बनाएर निर्वाचनमा लाग्ने बताईन् ।
कार्यक्रम रिपोर्टर्स क्लव लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षता र रुद्रमणी भुसालको संचालनमा सम्पन्न भएको थियो