मुख्य निर्बाचन अधिकृतको कार्यलय अर्घाखाँचीद्वारा निर्बाचन आचारसंहिता सम्बन्धमा सरोकारवालाहरु सग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

– सुर्य प्रसाद भुसाल,अर्घाखाची ।  
मुख्य निर्बाचन कार्यालय  अर्घाखाँचीले मंसिर -४ गते सम्पन्न हुन गइ रहेको निर्बाचन २०७९ को लागी मनोनयनपत्र दाखिला गर्नु भएका उम्मेदवारहरु, जिल्ला स्थित राजनैतिकदलका प्रमुख तथा प्रतिनिधिहरु ,जिल्ला स्थित स्थानीय तहका प्रमुख तथा प्रतिनिधि ,प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु ,जिल्ला स्थित कार्यालय प्रमुखहरु, स्थानीय तहका  प्रमुख प्रशासकीय अधिकृतहरु तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
 उक्त अन्तरक्रिया कार्यक्रममा उम्मेदवार ,राजनैतिकदल संचारकर्मी लगायत निर्बाचनमा खटिने कर्मचारीले निर्बाचनमा पालना गर्नु पर्ने आचारसंहिता  सम्बन्धि अन्तरसंवाद कार्यक्रम सम्पन्न गरिएको थियोे।
 कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले  जिल्लाको सुरक्षा  अवस्था सम्बन्धि जानकारी गराउनुको साथै ,निर्बाचन अधिकृत शुरेश भन्डारीले निर्बाचन आचारसंहिता सम्बन्धि  कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
  कार्यक्रम मुख्य निर्बाचन अधिकृत तथा जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको अध्यक्षता , सहायक निर्बाचन अधिकृत जिल्ला अदालतका अर्घाखाँचीका  श्रेतेदार महेश खनालको संचालनमा सम्पन्न भएको थियो