अर्घाखाँची बाट प्रदेश क का सदस्य पदका उम्मेद्बार सागर के. सी. ले पैसा कमाउन रहर हुनेले राजनिती गर्न नहुने धारणा राखेका छन।
मालारानिका विभिन्न स्थानमा मतदाताहरु संग भेटघाट गर्दै उनले यस्तो बताएका हुन, ।
उम्मेद्बार के. सी .ले आफू राजनितिमा पैसा कमाउन नभई जनताको सेवा र जिल्लाको बिकास गर्न होमिएको समेत बताए । उनले एमालेहरुले जनमोर्चा संग धेरै राजनितिक बेइमानि गरेको र जनताहरु संग पनि पूरा नगर्ने झुटा आस्वाशन दिएर जिल्लाको बिकास निर्माणमा पनि बेइमानी गरेको आरोप लगाएका हुन ।
उनले जिल्लाको बिकास नागरिकको अधिकार भएको भन्दै समृद्ध जिल्लामा बस्न पाउने नागरिकको अधिकार र सुशासन प्राप्तीको लागि आफ्नो उम्मेद्बार भएको प्रष्ट पारे ।
गत स्थानिय निर्वाचनमा एमाले हरुले जनतालाइ एक किलो मासु र ५०० रुपैयामा किन्ने प्रयास गरेको आफू संग प्रमाण भएको भन्दै उम्मेद्बार के सी ले जनताहरुलाइ कुनै भ्रम र लोभमा नपरी जिल्ला बिकासको अभियानमा आफू र सिंगो गठबन्धनलाई जिताउन अनुरोध पनि गरेका छन ।