काठमाडौंमा घण्टीको ह्याट्रिक : क्षेत्र नम्बर २ मा सोविता विजयी

 

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी भएकी छन् । योसँगै घण्टीले काठमाडौंका तीन सीटमा जित हात पारेको छ ।

सोविताले १५२२९ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका मणिराम फुयाल ११५५५ मा रोकिए । सत्तागठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी ओनसरी घर्ती ९४४८ मत ल्याएर तेस्रो बनिन् ।