अर्घाखाँची जिल्ला अस्पतालमा मंसिर १२ गते निशुल्क चेकजाँच

लक्ष्मण घिमिरे ।

अर्घाखाँची । यही मंसिर १२ गते जिल्ला अस्पताल अर्घाखाँचीमा निशुल्क चेकजाँच हुने भएको छ । नसा तथा मानसिक स्वास्थ्य सम्बन्धि विशेषज्ञ डाक्टरबाट बिरामिहरूको निशुल्क चेकजाँच तथा उपचार गरिने अस्पतालले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले फेसबुक पेजमा सुचना जारी गर्दै नसा तथा मानसिक स्वास्थ्य सम्बन्धि विशेषज्ञ डाक्टर आउने र उपचार निशुल्क हुने जानकारी गराएको हो । सम्बन्धित बिरामीले सेवा लिन पनि अनुरोध गरिएको छ ।

अन्य समाचारहरु