पाल्पाको रैनादेवीकी पौडेल आर्थिक समस्याका कारण उपचारमा समस्या, जिवन वचाउन सार्वजनिक सहयोगको अपील ।

 

 

-डिआरजी सुमन, अर्घाखाची डट्कम।

छहरा पाल्पा । सोमवार १२ मंसिर २०७९ । देशका ठुलाठुला नेताहरु सामान्य विरामी हुदा उपचार गर्न दिल्ली र सिंगापुर जादै गर्दा यहाँका नागरिक उपचार खर्च जुटाउन नसक्दा  विस्तारवाट हारगुहार गर्न वाध्य हुने स्थिति वनेको छ । रैनादेवी छहरा गाँउ पालिका वडानं ६ साविक जुठापौवाँ ३, वस्ने वालाराम पौडेलको वुहारी सावित्री पौडेलको ,यतिवेला पाल्पाको रैनादेवी ६,स्थित विष्णु प्रसाद पौडेलको वुहारी सावित्री पौडेललाईं शिक्षण अस्पताल काठमांडू महाराज गन्जवाट वल्ड क्यानसर प्रमाणित भईसकेपछि थप उपचारगर्नुपर्ने अवस्थामा सावित्रा पौडेल घरको आर्थिक स्थिति अति कमजोर भएकोले स्थानीय सरकारले आर्थिक सहयोग गरी दिनु हुन भनिपत्र काटेको छ । पाल्पा जिल्ला रैनादेवी छहरा गाँउ पालिका ६, नं वडा अध्यक्ष दोम वहादुर घर्ति मार्फ़त गरिएको सिफ़ारिशमा पौडेलको पारिवारिक आर्थिक स्थिति कमजोर भएको विषय उल्लेख गरिएको छ ।

स्थानीय सरकारका प्रतिनिधिले गरिएको आधिकारिक सिफ़ारिशमा पारिवारिक रुपमा आर्थिक स्थिति कमजोर भएपछि हामी सार्वजनिक रुपमा आर्थिक सहयोग लागी अपील गरिएको छ ।नीज पिंडित सावित्रा पौडेलका दाजु पाणिनि गाँउ पालिका ३ दुर्गाफाँट निवासी राम प्रसाद गौतमले  पत्रकार डिआरजी सुमन सँगको भेटमा वताउनु भएको छ । यस समय देश विदेशवाट आर्थिक सहयोग गर्नको लागी पिडित परिवार कै सदस्य विष्णु प्रसाद पौडेलको नाममा रहेको ग्लोबल आईएमई वैक को खाता नं ०२०७०१०००१९८० सार्वजनिक गरिएको छ ।

मेरो वहिनी हो ,उनको विरामीको पारिवारिक स्थिति कमजोर भएको छ ।उपचारको क्रममा धेरै खर्च भई सकेकोछ ,अव हामीसँग सार्वजनिक रुपमा आर्थिक सहयोग माँग गर्नुको विकल्प छैन, पिडितका दाजु गौतमले वताउदै ,यदि विरामी र पारिवारिकअवस्थावारे थप जानकारी आवश्यक परेमा आफ्नो सम्पर्क नं ९८४२९१९७४९ समेत सार्वजनिक गर्नु भएको छ ।

बिरामीको बारेमा थप बिबरण यस्तो रहेको छ :

 

images

 

Open photo

images

Open photo

Open photo

images

No description available.