
-घनश्याम पौडेल,अर्घाखाँची।
जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख जिवनारायण कोईरालाले सहकारीमार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउनका लागि सहकारीको अवधारणा अनुसार अगाडि बढ्नु पर्ने बताए

सहकारी संस्थाले बचत र ऋण परिचालन गर्ने मात्र हो भन्ने सोचाईलाई परिवर्तन ल्याई उत्पादनमा केन्द्रीत बनाउने र उत्पादन स्थानीय तहसँगको समन्वयमा संकलन र बजारीकरणका लागि जिल्ला समन्वय समितीले पहल गर्नेमा जोड दिएका थिए ।
राष्ट्रिय सहकारी बैंक बुटबलको आयोजना र जिल्ला सहकारी संघ अर्घाखाँचीको संयाजनमा सन्धिखर्कमा सहकारी सचेतना कार्यक्रममा प्रमुख कोईरालाले सहकारीका सदस्यहरु केन्द्रीत भई सदस्यहरुको हितका लागि योजना बनाएर काम गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बुटबलका प्रमुख नारायण बेल्वासेले सहभागीलाई प्रशिक्षण दिएका थिए । जिल्लामा रहेको जिल्ला सहकारी संघ, बचत संघ, कृषि सहकारी संघलाई एउटै संघको रुपमा विकसीत गर्ने साझा धारणा समेत बनेको छ । जिल्ला सहकारी संघका आवद्ध ६५ सहकारी संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष द्रोणप्रसाद भुसाल, कृषि सहकारी संघका अध्यक्ष लक्ष्मण कंडेलले शुभकामना मन्तव्य राखेका थिए ।

जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता, जिल्ला बचत संघका सचिव धर्मराज भुसालको सञ्चालन र सहकारी संघका उपाध्यक्ष जानका बन्जाडेको स्वागतमा सम्पन्न भएको हो ।



