महानगरलाई ‘सांस्कृतिक सहर’ बनाउने सपना पूरा गरेरै छोड्छु- प्रमुख बालेन्द्र [ बालेन ]

 

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले महानगरलाई सांस्कृतिक सहर बनाउने सपना पूरा गरेरै छोड्ने दाबी गरेका छन्।

बिहीबार काठमाडौं महानगरपालिकाको २८औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले महानगरलाई सांस्कृतिक सहर बनाउने सपना पूरा गरेरै छोड्ने दाबी गरेका हुन्। उनले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनः जागरण गर्न लागेकोसमेत जानकारी गराए।

Nepal Life Insurance

मेयर साहले उपत्यकाभित्र रहेका डबलीहरूलाई जनचेतनामूलक कार्यक्रमहरू गर्न प्रयोग गरिने बताए। उनले काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदाहरूलाई पुनः जागृत गराउनुपर्नेमा जोड दिए।

मेयर साहले संस्कृतिहरूलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरूमा हस्तान्तरण गर्दै जानुपर्ने बताए। उनले मौलिक बाजाहरूलाई अभिलेखीकरण गर्दै नयाँ पुस्ताहरूलाई पनि सिकाउँदै जानुपर्ने जोड दिए।

प्रमुख साहले काठमाडौं महानगरपालिकाबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न सुरु गरिएको बताए। उनले शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतका क्षेत्रमा छिमेकी पालिकाहरू र सबै तहको सरकारहरूसँग सहकार्य गर्दै अगाडि बढेको बताए।