अर्घाखाची ,सन्धिखर्क : गुन्टे खोलामा बेवारिसे शिशु बिभत्स अबस्थामा फेला

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

– अर्घाखाची डट्कम सम्बाददाता । 

अर्घाखाँची, सन्धिखर्क नगरपालिका १ गुन्टे खोलामा बेवारिसे शिशु बिभत्स अबस्थामा फेला परेको छ।

“शिशुको शारीरिक बनावट भुण अबधि पुगेर नै जन्मिएकाे अनुमान गर्न सकिन्छ”- स्थानीय प्रत्येक्षदर्शी भने  बेवारिसे शिशु कुकुरले खादै गरेको अबस्थामा आज फेला परेको छ ।

Nepal Life Insurance

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं १ गुन्टेखोला स्थित चन्द श्रेष्ठको बारीमा कुकुरले खाँदै गरेको अवस्थामा छिन्नभिन्न अबस्थामा बेवारिसे शिशु फेला परेको छ “मृतक शिशुको शारीरिक बनावट हेर्दा उमेर पुगेर नै जन्मिएको अनुमान गर्न सकिने प्रत्येक्षदर्शीले बताएका छन्।

उक्त शिशु प्रारम्मिक शरीरको बनाबटको दृश्य हेर्दा छोरा रहेको रहेको आकलन गरीएको छ। बच्चा कुकुरले आधा खाईसकेको अबस्थामा भेटिएको हो । बच्चा कस्को र के कारणले फालिएको भन्ने कुरा खुलेको छैन । मृतक बच्चा पोष्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा राखिएको छ ।

मृतक शिशु बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त कार्यालय प्रमुख प्रहरी निरिक्षक अजुन पौडेलले बताउनु भएको छ।

images

उक्त शिशु कुकुरले आधा खाईसकेकाे अबस्थामा भेटिएको हो । बच्चा कस्काे के कारणले फालिएकाे भन्ने कुरा खुलेको छैन यस् घटनाको बिस्तृत अनुसन्धान भैरहेको छ।

images